२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

करुणा भवन पुनःनिर्माण शिलान्यास


प्रकाशित: शुक्रवार, २० पुष २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । विनाशकारी भूकम्पमा परि काठमाडौंको स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठभित्र रहेको ‘करुणा भवन’ को शुक्रवार शिल्यान्यास गरिएको छ । 


पूर्वप्रधानमन्त्री झलनाथ खनालले सो भवनको पुनःनिर्माण शिलान्यास उद्घाटन गरेका हुन । नेता खनालले आनन्दकुटी विद्यापीठले बुद्धको विचार र दर्शनलाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । 


विसं २००८ मा स्थापना भएको उक्त भवन चीनको एनलाई फाउण्डेशन र चाइना फाउण्डेशन फर पोभर्टीको आर्थिक सहयोग तथा सफा सुनौलो नेपालको सहकार्यमा भवन पुनःनिमाण गर्न लागिएको हो । 


सो कार्यक्रममा काङ्ग्रेसका सांसद एवं करुणा भवन निर्माण समितिका अध्यक्ष दिव्यमणिराज भण्डारी, सांसद जीवनराम श्रेष्ठ, बेइजिङ एनलाई फाउण्डेशनका अध्यक्ष सेन क्यून, नेपालका लागि चिनियाँ राजदूताबासका राजनीति काउन्सिलर याङ सिकाओ, सफा सुनौलो नेपालका अध्यक्ष राकेश हमाललगायतले बुद्ध विहारको रुपमा रहेको आनन्दकुटी विद्यापीठको निर्माणमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । 


आनन्दकुटी विद्यापीठका अध्यक्ष धर्ममूर्ती मास्थविरले सन १९५७ मा चीन बुद्धिष्ट एशोसियशनको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवनलाई पुनःनिर्माण गर्न चीन सरकारले सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । 


विद्यापीठका प्राचार्य सुजन बज्राचायले करुण भवनको महत्व तथा आवश्यक्ताबारे चर्चा गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex