काठमाडौं । विगतमा तपस्वी भएर चर्चामा आएका र अहिले यौन हिंसा, अपाराध लगायत कार्यमा संग्लन भएको आरोप लागेका रामबहादुर बमजनको सिन्धुपाल्चोकस्थित आश्रममा प्रहरीले छापा मारेको छ ।
केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) को विशेष टोलीले शुक्रवार विहान ११ बजेतिर बडगाउँमा रहेको आश्रममा छानविन सुरु गरेको छ ।
पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा बमजनले आश्रमा रहेकी आनीहरुलाई गर्ने यौन दुव्र्यवहार, आनीहरु वेपत्ता पार्ने, हत्या लगायतका समाचार प्रकाशित भएपछि सिआईवी टोली अनुसन्धानमा लागेको हो ।
सिआईबीसहितको प्रहरी टोली फिल्डमा परिचालन गर्ने जिम्मा सिन्धुपाल्चोकका एसपी मुकुन्द मरासिनीले पाएका छन्।
बमजन अनुसन्धानको लागि सिआईबी प्रमुख निरज शाही, मकवानपुरका एसपी बुद्धि गुरूङ र सिन्धुपाल्चोकका एसपी मरासिनीलाई परिचालन गरिएको छ ।
Categorized in समाज