काठमाडौं । चितवनको भरतपुरमा माईती आई बसेकी एक महिलामाथि उनका पतिले एसिड प्रहार गरेका छन् ।
बुधवार अपरान्ह भरतपुर – २४ ध्रवबजारस्थित माईतमा बसेकी २० बर्षिय डोल्मा रुम्बलाई उनका पति पोखरा महानगरपालिका – २९ आदर्शनगर बस्ने ४७ बर्षिय वीरेन गुरुङले एसिड प्रहार गरेका हुन ।
एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
वीरेनले गाडी रिजर्भ गरेर ४ जना साथीसहित भरतपुरसम्म आएर एसिड प्रहार गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।
घट्नमा संग्लन पोखरा महानगर–१० बस्ने वर्ष ३९ का हेम थापा, हेटौँडा १० बस्ने वर्ष २४ का विवेक गुरूङ र पोखरा २९ बस्ने निरेन गुरूङलाई पनि प्रहरीले नारायणगढस्थित लायन्सचोकबाट नियन्त्रणमा लिएको थियो ।
पारिवारिक मनमुटावका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।
Categorized in समाज