४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

२६ हजार एकसय तिस जना कर्मचारीद्धारा समायोजनको लागि आवदेन


प्रकाशित: विहिवार, १९ पुष २०७५, ०८ः४५ बजे
- महानगरखबर

काठमाडौँ । निजामती कर्मचारी समायोजनको प्रक्रिया अन्तर्गत २६ हजार एकसय तिस कर्मचारीले अनलाईन प्रणालीमा नाम दर्ता गराएका छन् । 


सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले सो जानकारी दिँदै १९ हजार ८६८ जना समायोजन रोज्नका लागि तयार र छ हजार २६२ जनाले समायोजनका लागि फारमसमेत भरिसकेका जानकारी दिएका छन् । 


यही पुस ११ गतेदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइन फारममा दर्ता सुरु गरेको थियो । 


पुस मसान्तभित्र सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अध्यादेश–२०७५ ल्याउँदै समायोजनको कार्य शुरु गरेको छ । 


सरकारले पुस ११ गते २१ दिनभित्र समायोजनमा जानका लागि कर्मचारीलाई अनलाइन आवेदन माग गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex