४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

त्रिशुली जलविद्युत केन्द्रमा आगलागी, १ करोड बढिको क्षति


प्रकाशित: विहिवार, १९ पुष २०७५, ०८ः३० बजे
- महानगरखबर

काठमाडौं । नुवाकोटको त्रिशूली जलविद्युत केन्द्रमा बुधवार राती आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ । 


विद्युत उत्पादन केन्द्रका प्रमुख तारदत्त भट्टका अनुसार बेलुका साढे ६ बजेतिर उत्पादन गृहबाट उत्पादन भएको विद्युत प्रवाह हुने बसबारमा ताप उत्पन्न भएर आगो लाग्दा ब्रेकर नं ६ मा रहेको ६ दशमलव ६ केभीको जेनेरेटर जलेर पूर्णरूपमा क्षति भएको हो ।

 
अहिले विद्युत उत्पदान बन्द भएको छ । आगलागीले क्षति पु¥याएका उपकरण मर्मत र परिवर्तन गर्न रु एक करोडभन्दा बढी लाग्ने देखिएको छ भने सञ्चालनका लागि करीब एक साता लाग्ने अनुमान छ । 


एक्काइस मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्यत केन्द्रसमेत बन्द हँुदा राष्ट्रिय प्रसारणलाइनमा यहाँबाट जोडिएको ३५ मेगावाट विद्युत गिरावट आएको छ । 


उत्पादन गृहमा लागेको आगो नियन्त्रणमा ल्याउन नेपाल विद्युत प्राधिकरणका कर्मचारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, विदुर नगरपालिकाको दमकलसहित स्थानीयवासीलाई एक घण्टाभन्दा बढी समय लागेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex