४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सुन व्यवसायीलाई रड प्रहार गरी १० लाख लुटपाट


प्रकाशित: बुधबार १८ पुष,२०७५,१८ः०० बजे
- महानगरखबर

 काठमाडौं । काठमाडौं अनामनगरका एक सुन व्यवसायीमाथि रड प्रहार गरी १० लाख लुटपाट गरेको प्रहरीले जनाएको छ । 


सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित चौह्रत्तरकिलोबाट सुनसरी धरानबराह नगरपालिका–१ बस्ने २६ वर्षीय निरोज घिमिरेको नगद १० लाख रुपैयाँ मंगलबार दिउसो लुटपाट भएको हो । 


बा.८३ प ६१८६ नम्बरको मोटरसाइकलमा सवार भई काठमाडौबाट चौहत्तरकिलो भन्ने स्थानमा आई खाजा खाईरहेको अवस्थामा अचानक ३ जना अपरिचित व्यक्तिहरुले रडले प्रहार गरी साथमा रहेको उक्त रकम लुटी फरार भएको बताइएको छ । घिमिरेको काठमाडौं अनामनगरमा सुन पसल रहेकोले सुन खरीद गर्नका लागि उक्त रकम साथमा लिएर हिँडेको खुल्न आएको छ । 


फरार लुटेराहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex