४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

१६ दिनदेखि वेपत्ता वडा अध्यक्षको खोजी गर्न माग


प्रकाशित: बुधवार, १८ पुष २०७५, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । अर्घाखाँचीको मालारानी गाउँपालिकाका वडा नं. २ का वेपत्ता वडा अध्यक्ष विनोद भनिने विष्णु भुसालको खोजी गरी सार्वजनिक गर्न परिवारजनले माग गरेको छ । 


बुधवार बुटवलमा पत्रकार सम्मेलन गरी १६ दिनदेखि वडाध्यक्ष विनोदको खोजी गर्न परिवारजनले सरकारसँग माग गरेको छ । 


सन्धीखर्कमा काम छ भनी घरबाट हिँड्नु भएका भुसालको अहिलेसम्म कुनै खबर नआएको दाजु जीवलाल भुसालले पत्रकार सम्मेलनमा जानकारी दिए । 


पुस ४ गते प्रशासनमा निवेदन दिए पनि अहिलेसम्म कुनै पहल नभएको उनले गुनासो गरे । 


वडा अध्यक्ष विनोदका दाजु जीवलालका अनुसार पुस २ गते बिहान घरबाट निस्केको थियो । मोटरसाइकल ग्यारेजमा मोटरसाइकल मर्मत गर्न दिएर कपिलवस्तुको गोरूसिङ्गे जान्छु भनेर हिँडेको उनको अवस्था अझै अज्ञात छ । 


४१ वर्षीया विनोद तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex