९ भाद्र २०८३, मंगलबार
Header

महालक्ष्मी नगरपालिका नागरिकलाई उपचारमा १५ प्रतिशत छुट


प्रकाशित: बुधवार, १८ पुष २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । किष्ट शिक्षण अस्पतालले ललितपुरको महालक्ष्मी नगरपालिकाका स्थानीयवासीलाई उपचारमा १५ प्रतिशत छुट दिने भएको छ । 


ललितपुरको ग्वार्काेस्थित किष्ट शिक्षण अस्पताल र महालक्ष्मी नगरपालिकाबीच भएको स्वास्थ्य सम्झौता अनुसार सो छुटको व्यवस्था गरिने भएको हो । 


गत साउन २० गते नगरपालिकाद्धारा घोषित ‘स्वस्थ, स्वच्छ, सफा, समृद्ध, सुन्दर नगर’ अभियान सफल बनाउन अस्पतालका कार्यकारी अध्यक्ष आशिष थापा र नगर प्रमुख रामेश्वर श्रेष्ठबीच पाँच वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर थियो । 


सम्झौतापत्र अनुसार वडाबाट सो नगरभित्रको नागरिक भएकोे परिचयपत्र वा नागरिकताको फोटोकपी पेश गरेका आधारमा छुट दिइने छ । 


सो अभियान सफल बनाउन अस्पतालले नगरपालिकाका १० वटै वडामा आलोपालो गरी कम्तीमा महिनाको एक पटक विशेषज्ञ टोलीसहितको स्वास्थ्य शिविर आयोजना गर्ने, नगरक्षेत्रबाट अस्पतालसम्म ल्याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने, सरकारबाट प्रायोजित निःशुल्क कार्यक्रम जस्तै खोप, क्षयरोगको औषधि वितरण, प्रसूतिसेवा, आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिकका लागि डायलाईसिस सेवा तथा परिवार नियोजनलाई प्रभावकारी तरिकाले निरन्तरता दिई जनस्तर सम्म पु¥याइने सो सम्झौतामा उल्लेख छ ।

 

साथै सो सम्झौतामा एउटै बहिरङ्ग टिकटबाट विभिन्न रोगका चिकित्सकसँग स्वास्थ्य परीक्षण गराई आवश्यक परामर्श लिन सकिने व्यवस्था गरिने उल्लेख छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex