१२ भाद्र २०८३, शुक्रबार
Header

फेसबुकमा मन्त्री र सचिवविरुद्ध लेख्ने कर्मचारीलाई कार्वाही गरिने


प्रकाशित: मंगलवार, १७ पुष २०७५, २१ः३० बजे
- महानगरखबर

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा मन्त्री र सचिवविरुद्ध जथाभावी लेख्ने कर्मचारीहरुलाई कार्वाही गरिने भएको छ । 


कर्मचारी समायोजनको विषयमा लिएर मन्त्री तथा सचिवविरुद्ध फेसबुक, पत्रपत्रिकामा लेख, रचनामा नकारात्मक टिप्पणी लेखेर मन्त्रालयको गरिमामा आँच आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ती जारी गरी जनाएको छ । 


सरकारले निजामती सेवा ऐन र सामाजिक मर्यादा विपरीत संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री सचिव लगायतविरुद्ध सामाजिक सन्जालमा ‘अवान्छित टिप्पणी’ गर्ने कर्मचारीहरुलाई कारवाहीको चेतावनी दिएको छ ।


मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भ्रामक, अवान्छित र दुराशययुक्त क्रियाकलाप गर्ने कर्मचारीलाई निजामती सेवा ऐन, सुशासन ऐन र विद्युतीय कारोबार ऐन बमोजिम कारवाही गरिने छ ।’ 


मन्त्रालयले निजामति कर्मचारीको पेशागत मर्यादा विपरीत स्टाटस, विचार, तस्वीर राख्ने लगायत अस्वभाविक क्रियाकलाप भइरहेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex