७ भाद्र २०८३, आइतबार
Header

एन्फाले ‘नेपाल सुपर लिग’ फुटवल प्रतियोगिता गर्ने


प्रकाशित: मंगलवार, १७ पुष २०७५, २०ः१० बजे
- महानगरखबर

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । 


एन्फाले नेपाल स्पोट्र्स एण्ड इभेन्ट्स म्यानेजमेन्टको व्यवस्थापनमा ‘सुपर लिग’ गर्ने तयारी गरेको मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो ।


प्रादेशिक अवधारणाका आधारमा सो प्रतियोगिता हुने र प्रतियोगितामा सात प्रदेशले प्रतिस्पर्धा गर्नेछन । 


लिगका लागि एन्फाले हाल रहेको १४ ‘ए’ डिभिजन क्लबका १४० खेलाडी छनोट गरेर सबै प्रदेशलाई समान रुपले प्रदान गरेर टोली बनाउने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । 


प्रतियोगिता सिङ्गल राउण्ड रोबिनको आधारमा हुनेछ । सो प्रतियोगितामा २१ लिग खेल र प्ले अफ गरी २५ खेल हुनेछन । टोलीमा विदेशी खेलाडीसमेत सहभागी हुन पाउनेछन । 


एन्फा अध्यक्ष शेर्पाका अनुसार प्रतियोगिता वैशाख र जेठमा पूर्वाधार भएको प्रदेशमा आयोजना गर्ने गरी तयारी भएको छ ।  


एन्फाले प्रतियोगिताको व्यवस्थापनका लागि नेपाल स्पोट्र्स एण्ड इभेन्ट्स म्यानेजमेन्टसँग सम्झौता गरेको छ । सम्झौताअनुसार लिगमा प्रतिष्पर्धा गर्ने टोलीको नाम, तयारी र प्रायोजक इभेन्ट्स म्यानेजमेन्टले हेर्नेछ । 


सम्झौतामा एन्फा अध्यक्ष शेर्पा र इभेन्ट्स म्यानेजमेन्टका अध्यक्ष निर्वाण चौधरीले हस्ताक्षर गरे । 


यसैगरी, एन्फाले नेपाल स्पोट्र्स एण्ड इभेन्ट्स म्यानेजमेन्टकै व्यवस्थापनमा विद्यालयस्तरीय लिग आयोजना गर्ने समेत जनाइएको छ । विद्यालय लिगमा ११ टोली छनोट गरेर ५५ खेल आयोजना गर्ने एन्फाले जनाएको छ । सो लिग करीब छ महीना चल्नेछ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex