३ भाद्र २०८३, बुधबार
Header

म्याग्दी प्रवासी संघद्धारा एक करोडको अक्षयकोष स्थापाना, महिला तथा बालवालिकाको हितमा प्रयोग गरिने


प्रकाशित: मंगलवार, १७ पुष २०७५, ०९ः१० बजे
- महानगरखबर

काठमाडौं । म्याग्दी प्रवासी संघले महिला तथा बालवालिकाको क्षेत्रमा प्रयोग गर्ने उदेश्यले रु एक करोडको अक्षयकोष स्थापना गरेको छ । 


जिल्लामा महिला तथा बालबालिकाको हितमा उपयोग गर्ने गरी स्थापना गरिएको सो अक्षयकोषमा अहिलेसम्म करीब रु ९० लाख सङ्कलन भइसकेको मोना अन्तर्राष्ट्रियका अध्यक्ष चक्रबहादुर थापाले बताए । 


दरबाङमा सम्पन्न मोनाको सम्मेलनमा रु २५ लाख सङ्कलन भएको थियो । विभिन्न मुलुकमा रहेका यहाँका बासिन्दाले रकम सङ्कलन गर्दै आएका छन् । 


गत कात्तिकमा पोर्चुगलमा भएको साधारणसभाले अक्षयकोषका लागि आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिन विभिन्न देशमा अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । 


सामाजिक, आर्थिक, स्वास्थ्य, शिक्षा र मानव विकासका लागि प्रमुख समस्या मानिएको बालविवाह र महिला हिंसाको समस्या न्यूनीकरणका लागि परिचालन गर्ने गरी अक्षयकोष खडा गरिएको हो । 


कोषलाई व्यवस्थित बनाउन कार्यविधि तयार गरी कार्यसमितिलाई प्रस्ताव पेश गर्न योगेन्द्र क्षेत्री, लोक राना, चक्र थापा, योगकुमार फगामी र मुक्ति रोका सदस्य रहेको समिति गठन गरिएको छ । विश्वका विभिन्न देशमा पुगेका म्याग्देली मोनामार्फत सङ्गठित भएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex