काठमाडौं । विनाशकारी भूकम्पको चपेटमा परेको जुद्ध समशेरको पालामा निर्माण गरिएको जुद्ध बारुण यन्त्र भवन भत्काउने तयारी गरिएको छ ।
काठमाडौंको न्यूरोडस्थित दमकल भवन भत्काएर सेमिना हलसहित पुरानै संचरचनमा भवन बनाउने महानगरपालिकाका अधिकारीले जनाएको छ ।
भवन जिर्ण भएकोले मानवीय खतरातर्फ ध्यान दिदै भवन भत्काउने तयारी भएको र सोको लागि महानगरपालिकाले १० करोड बजेट समेत छुटाएको छ ।
हाल सो भवनमा ३४ जना कर्मचारी कार्यरत रहेको छ । २ रोपनी तीन आना भूभाग सो भवन निर्माण भएको छ ।
अहिले भवनको ग्राउण्ड फलोरको दुईवटा सटरमा १९९२ सालमा बेलायतबाट ल्याइएको ‘मोरिस’ कम्पनीको पुराना मोडलको दुई दमकल संग्रहित गरेर राखिएको छ । तयारी अवस्थामा ५ वटा दमकलहरु राखिएको छ ।
महानगरपालिको बनाउने नयाँ भवनको दोस्रो तलामा कर्मचारीको आवास र स्टोर तथा तेस्रो तलामा १२० जना अट्ने सभाहल बनाउने योजना छ ।
विसं. १९९० सालको भूकम्प गएको ४ वर्षपछि अर्थात १९९४ मा जुद्ध बारुण यन्त्र स्थापना भएको हो ।
त्यसैगरी काठमाडौंमा स्थापना भएको सात वर्षपछि विसं २००१ मा उपत्यकाका दुई जिल्ला ललितपुर र भक्तपुरमा पनि जुद्ध वारुण यन्त्रको सेवा विस्तार गरिएको थियो ।
Categorized in सम्पदा/संस्कृति