३ भाद्र २०८३, बुधबार
Header

८० हजार घुससहित ईन्जिनीयर र सवइन्जिनीयर पक्राउ


प्रकाशित: आईतबार, १५ पुष २०७५, २०ः३० बजे
- महानगरखबर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोधन गाउँपालिकामा सेवाग्रहीसँग ८० हजार घुस लिएको अवस्थमा इन्जिनीयर र सब इन्जिनीयरलाई पक्राउ गरेको छ । 


प्राविधिक शाखाका कार्यरत इञ्जिनीयर कपिल आचार्य र सवइञ्जिनीयर लक्ष्मण ढुङ्गानालाई पक्राउ गरेको हो । 


सेवाग्राहीको पुरानो भवनको नक्सा पास गरिदिने र अभिलेखीकरण गरिदिने भन्दै उनीहरुले घुस रकमको माग गरेपछि पक्राउ परेको आयोगले जनाएको छ । 


आयोगकका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार उनीहरुलाई गाउँपालिका–४ बाट यही पुस १३ गते नियन्त्रणमा लिएपनि आईतबार सार्वजनकि गरिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex