२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

राजधानीमा तमु ल्होसार मनाउँदै


प्रकाशित: आईतबार, १५ पुष २०७५, ०८ः३० बजे
- महानगरखबर

काठमाडौँ ।  नयाँ बर्षको रुपमा गुरुङ समुदायले आईतबार राजधानीको टुँडिखेलमा ‘तमु ल्होसार’ पर्ब मनाउँदैछन ।


‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । 


गुरुङ समुदायका अग्रहरुका अनुसार ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । 


त्यसैगरी तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । 


पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex