४ भाद्र २०८३, बिहिबार
Header

तीन बालिका ५ दिनदेखि बेपत्ता


प्रकाशित: आईतबार, १५ पुष २०७५, ०८ः२० बजे
- महानगरखबर

काठमाडौं । सुर्खेत जिल्लाको तीन जना बालिकाहरु पाँच दिन देखि बेपत्ता भएको प्रहरीले जनाएको छ । 


सिम्ता गाउँपालिका–९ खानीखोलाका बालवालिकाहरु बेपत्ता भएको हो । बेपत्ता हुनेहरुमा नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीया निशा सिंह, सोही कक्षामा अध्ययनरत १५ वर्षीया यमुना खत्री र कक्षा ७ मा अध्ययनरत उनकी बहिनी १२ वर्षीया रिसिमा खत्री रहेको बताएको छ ।


जिल्ला प्रहरी कार्यालय सु्र्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार १० गते नै सिम्ता गाउँपालिकासँग जोडिएको सल्यान जिल्लाको सल्लीबजारबाट मिलन विकको गाडी चढेका थिए । 


प्रहरीले अहिले भने काठमाडौँ, बुटवल, नेपालगञ्जलगायत नेपालका सबै प्रहरी चौकीमा तीनै बालिकाको फोटोसहितको हुलिया दिएर खोजतलास भइरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex