४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

टोखाबाट १४ लाख बराबरको धनमाल चोरी


प्रकाशित: शुक्रबार,१३ पुस २०७५,१८ ०ः०६ बजे
- महानगरखबर

 

 काठमाडौं । टोखा नगरपालिका-३ भत्केकोपुल बस्ने धनप्रसाद पोखरेलले संचालन गरेको मिलन सप्लायर्स हार्डवेयर पसलबाट शुक्रबार बिहान बिभिन्न हार्डवेयर सामानहरु गरी करिब १४ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । 


 यसैगरी काठमाडौं महानगरपालिका-१ नागपोखरीस्थित घनश्याम पौडेलले संचालन गरेको इन्जिनियरिङ कन्सल्टेन्सीको काउण्टरबाट नगद १ लाख ३७ हजार रुपैयाँ र सोही घरको अन्य ४ जनाको पसलबाट समेत करिब नगद २ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार राति चोरी भएको छ । 


फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex