काठमाडौं । राष्ट्रिय गानका रचनाकार एवं कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’लाई पितृशोक परेको छ ।
गएराती १ बजे उनका पिता समाजसेवी तथा शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा उहाँकै निवास ओखलढुङ्गा जिल्लाको हिलेपानीमा े निधन भएको परिवारजनले जनाएको छ ।
विगत केही वर्षदेखि मष्तिस्कमा रगत जम्ने (हेमाटोमा) र मधुमेह रोगको नियमित भईरहेपनि केही दिनयतादेखि अलि असहज महसुस गर्दै आएका गए शौचालयबाट फर्केर सुतेलगत्तै निधन भएको व्याकुल माइलाले बताए ।
विसं २००४ साल असोजमा जन्मेका स्वर्गीय राई २० वर्षसम्म अध्यापन गरेर सेवा निवृत्त पछि सामाजिक सेवामा संलग्न थिए ।
विगतमा स्व राई गाविस अध्यक्ष तथा ओखलढुङ्गा जिल्ला विकास समितिको सदस्यसमेत भएका थिए ।
स्व राईको जातीय परम्पराअनुसार शुक्रवजार ओखलढुङ्गामा अन्तिम संस्कार गरिने जनाइएको छ । स्व राईका दुई श्रीमती र व्याकुल माइलासहित तीन छोरा छन् ।
Categorized in समाज