४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बालाजुमा ट्रिपरले थिचेर ठेलागाडा मजदुरको मृत्यु


प्रकाशित: शुक्रवार, १३ पुष २०७५, ०९ः५० बजे
- महानगरखबर

काठमाडौं । शुक्रवार विहान एक ट्रिपरले थिचेर ठेलागाडा मजदुरको मृत्यु भएको छ । 


बालाजु बाइपासमा मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको टिपर ठेलागाडामा पल्टिद थिचेर ५८ वर्षीय दलबहादुर विसंखेको मृत्यु भएको प्रहरीले जनाएको छ । 


बिसंखेको उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्ज मृत्यु भएको थियो । 


सो दुर्घट्नमा परि बिसंखेको श्रीमती सान्नानीको बायाँ खुट्टा किचिएको छ । उनको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।


ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex