काठमाडौं । बुढानिलकण्ठस्थित ‘रिह्याब’ (कृपाघर पनि भनिने बेथेस्टा होम पुनस्र्थापना केन्द्र) सेन्टरबाट प्रहरीले ५१ जना युवतीको उद्दार गरेको छ ।
‘रिह्याब’ भागेर काठमाडौ महानगरिय प्रहरी परिसर टेकु आएको दुई युवतीले त्यहाँ अमानविय व्यवहार हुने गरेको बताएपछि प्रहरीले बिहीबार साँझ छापा मारेको थियो ।
रिह्याबका सञ्चालकहरु सन्तोष गौचन र श्रुति गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएका छन पक्राउ परेका एक कामदारको नाम भने खुलाइएको छैन ।
उद्दार गरिएकाहरुमा १२ देखि ६० वर्षसम्मका रहेका छन जसमा एक जना रसियन नागरिक पनि छन ।
उनीहरुमध्ये २० जनालाई परिवारको जिम्मा लगाइएको छ भने बाँकी २९ जनालाई माइती नेपालको आश्रयस्थलमा राखिएको छ ।
उक्त रिह्याबको एउटै कोठामा २५ जनासम्मलाई राखेर शारीरिक र मानसिक यातना दिइने गरिएको थियो ।
Categorized in समाज