काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले आज पूर्ब बजेटकालिन अन्तरक्रिया कार्यक्रममा आगामी आर्थिक बर्षको बजेट बिवरणबारे जानकारी दिएका छन् ।
करिव १५०० अर्ब रुपैयाँ बराबरको बन्ने बजेटमा १२०० अर्ब रुपैयाँ केन्द्रीय सरकारको बजेट हुने र बाँकी ३०० अर्ब रुपैयाँ प्रदेश र स्थानीय सरकारको हुने गभर्नरले बताए ।
राष्ट्र बैंकले सबै सरोकारवालासँग सुझाव लिएर अर्थमन्त्रालयलाई बजेटका बारेमा सुझाव दिन यस अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
गभर्नर नेपालले प्रत्येक बर्ष सरकारलाई बजेट निर्माणका लागि तीनदेखि ५ सय अर्ब रुपैयाँसम्म थप रकम आवश्यक पर्ने बताए ।
Categorized in अर्थबजार