काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले शहरको धुलोमैलो सफा गर्न विकास निर्माणका ठेकेदारहरुलाई आग्रह गरेका छन ।
धरहरा पुननिर्माण शिल्यानास कार्यक्रमको उद्घाटनको क्रममा विहिवार मेयर शाक्यले उपत्यकाको सडकबाट निस्कने धुलोमैलो ठेकेदारकै कारण भएको आरोप लगाएका छन ।
महानगरले सडक सफा गर्न दैनिक धुलो सफा गर्ने ब्रुमर र जेट मेसिन प्रयोग गरेपनि विकास निर्माणको काम र ठेकेदारहरुले धुलो नियन्त्रण गर्ने प्रविधिको प्रयोग नगर्दा जति सफा गरेपनि परिणाम शून्य भएको मेयर शाक्यले बताए ।
प्रमुख शाक्यले निर्माण स्थलबाट धुलो नाउन दिन उपया अपनाउन ठेकेदारलाई आग्रह गरेका छन् ।
Categorized in समाज