४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

क्रियापुत्री बसेको गोठमा आगलागी


प्रकाशित: बुधवार, ११ पुष २०७५, ०८ः२० बजे
- महानगरखबर

काठमाडौं । जलेश्वरको अन्नपूर्ण गाउपालिकामा क्रियापुत्री बसेको एक गोठमा आगलागी भएको छ । 


अन्नपूर्ण गाउँपालिका– ६ तलेत्रमा मंगलवार राती स्थानीयवासी पृथबहादुर बरुवालको निधन भएको आठौँ दिन क्रियापुत्री बसेको गोठमा आगलागी हुँदा गोठ जलेर पूर्णरुपमा नष्ट भएको छ ।


आगलागीबाट ४ लाख बराबरको धनमाल नष्ट भएको छ ।


खाना पोकाउँदै गर्दा परालमा आगो लागेपछि गोठ जलेको स्थानीयवासी सुरेन गुरुङले बताए । 


घारखोला हाइड्रोपावरमा सुरक्षार्थ श्रीबक्स गुल्मका सैनिक, प्रहरी र गाउँलेको सहयोगमा आगो निभाइएको थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex