४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

ठमेलबाट ५ लाख नगदसहित सात जुवाडे पक्राउ


प्रकाशित: मंगलवार, १० पुष २०७५, २०ः३० बजे
- महानगरखबर

काठमाडौँ । प्रहरीले काठमाडौंको ठमेलबाट सात जुवाडे पक्राउ गरेको छ । 


महानगरीय प्रहरी परिसरबाट खटिएको विशेष टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेलमा भोजराज सिलवालको जस्ताको टहरामा जुवातास खेलाइरहेको अवस्थामा रु चार लाख ९७ हजार ८३५ नगदसहित सात जनालाई पक्राउ गरेको हो । 


परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले जुवातास खेलाइरहेको गोप्य सूचनाका आधारमा एक बुक ताससहित सात जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex