काठमाडौं । विश्व शारीरिक सुगठनमा स्वर्णपदक जितेर विश्व च्याम्पियन बनेको महेश्वर महर्जनको काठमाडौमा भव्य स्वागत गरिएको छ ।
थाईल्याण्डको चाङमईमा सम्पन्न १०औं विश्वव्यापी शारीरिक सुगठन तथा फिजिकल स्पोट्र्स च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक दिलाएका बडी बिल्डर महेश्वर महर्जनको त्रिभुन अन्तराष्ट्रिय विमानस्थलमा खेलकुद पदाधिकारीहरु तथा खेल जगतका शुभचिन्तकहरुले स्वागत गरेका थिए ।
राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका पदाधिकारीले महर्जनको भव्य स्वागत गरेका हुन् ।
विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महर्जनले भने ‘ पदक जित्दा विदेशी भूमिमा एक्लो भएर हर्षका आँशु आएको थियो । देशको नाम उच्च स्थानमा राख्न पाउँदा आफू निकै भावुक बनेको बताए ।’
विश्व विजेता महर्जनले यही पुस १ गते ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएका थिए ।
महेश्वरले प्रतियोगिताकै लागि करिब ६ महिनादेखि अभ्यास गरेका थिए भने ७÷८ लाख खर्च भएको बताए ।
उनले सरकारले आफुलाई सहयोग नगरेको बताए । सरकारले यस खेललाइ जुन सम्मान दिनुपर्ने त्यो नभएकोमा महर्जनले सञ्चारकर्मीहरुसँग दुःख पोखे ।
नेपाल शारीरिक सुगठन संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले स्वर्ण पदक विजेता महेश्वर श्रेष्ठलाई नगद तीन लाख दिने यस अघि घोषणा गरेको छ ।
Categorized in मनोरन्जन