काठमाडौं । गोंगबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गमा सञ्चालित स्वस्तिक गेष्ट हाउसका सञ्चालक प्रविण कुँवरका ८ बर्षिय छोरा प्रयासको अपहरपछि हत्यामा संग्लन महेन्द्र सार्कीलाई जेल चलान गरिएको छ ।
गत मङ्सिर ११ गते सार्कीले प्रयासलाई अपहरण गरी तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा जङ्गलमा मारेर काठमाडौँ महानगरपालिका–२६ म्हैपी पुलमुनि एक झोलामा हालेर फालेका थिए ।
महानगरीय प्रहरीवृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले काठमाडौँ जिल्ला अदालतमा मुद्दा पेश भएकामा अदालतको आदेशानुसार सार्कीलाई केन्द्रीय कारागार चलान गरिएको जानकारी दिए ।
बालक प्रयासको शव महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मङ्सिर १३ गते सामाखुशी म्हैपी पुलमुनि भेटाएको थियो ।
सार्की सोही गेष्ट हाउसका चालक थिए ।
Categorized in समाज