४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

कालिकोटमा आगोले जलेर ३० घर नष्ट


प्रकाशित: सोमबार, ९ पुष २०७५, ०९ः१० बजे
- महानगरखबर

काठमाडौं । गएराती कालीकोटको पलाता गाउँपालिका–१ खाडा गाउँमा आगलागीबाट ३० वटा घर जलेर पुर्णरुपमा नष्ट भएको छ । 


प्रहरीका अनुसार न्यौपाने बस्तीमा आगलागी हँुदा अहिलेसम्म ३० घर जलिसकेको बताइएको छ । 


मध्य राति आगलागी शुरु भएपनि क्षतिको यकिन हुन सकेको छैन । इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालिकाको जारकोट इलाका प्रहरी चौकीबाट त्यहाँ प्रहरी खटाइएको छ । 


के कति क्षति भएको भन्ने बारे यकिन विवरण आउन समय लाग्ने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए । 


पलाता गाउँपालिकाका उपाध्यक्ष दाना न्यौपानेको गाउँमा रहेका सबै घर जलेको हो । जिल्ला सदरमुकामबाट ३२ कोषको दूरीमा पर्ने उक्त बस्तीमा सदरमुकामबाट पीडितलाई उद्धार गर्न सशस्त्र प्रहरी पनि खठाइएको छ । 


सुख्खा क्षेत्र भएको र फुसको छाना भएको बस्तीमा आगलागी हुँदा आगो नियन्त्रण बाहिर गएको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex