४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

उदयपुरमा आगलागी, ३ करोडको क्षति


प्रकाशित: सोमवार, ९ पुष २०७५, ०८ः४० बजे
- महानगरखबर

काठमाडौं । उदयपुरको एक सिमेन्ट उद्योगमा आगलागी हुँदा ३ करोड मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । 


 जिल्लाको कटारी नगरपालिका– ८ स्थित गल्टारको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीको एउटा टयांकरमा आगलागी हुँदा एक एक टयांकर र एक स्काभेटर जलेर नष्ट भएको छ । 


जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईका अनुसार गए राति ११ बजेतिर अचानक टयांकरमा आगलागी हुँदा तेलसमेत रहेको सो टयांकर जलेको र एक स्काभेटरसमेत जलेर नष्ट भएको हो । 


आगलागी भएपछि प्रहरी र स्थानीयवासीसहित कटारी नगरपालिकाको दमकलले आगलागी नियन्त्रणमा लिएको थियो ।


आगलागी कसरी भयो वा कस्ले गरायो भन्नेबार प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex