काठमाडौं । जुम्लामा लगातार ६ वटा छोरी जन्माएको भन्दै एक महिलालाई घरबाट निकादिएको छ ।
६ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिक महीनादेखि घर निकाला भएकी हुन ।
२६ वर्षीया झनमायाले छ महीनाको गर्भवती अवस्थामा श्रीमान गङ्गाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताईन ।
माइतीमा बस्दै आएकी उनले पुस ३ गते छैटौँ सन्तानका रूपमा छोरीलाई जन्म दिएकी छन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरी जन्माइएकी नवजात छोरीलाई जन्मदै हेपाटाइटिस बी भएको र साथमा पैसा नहुँदा उपचारमा समस्या भएको उनले बताईन ।
सानै उमेरमा बिहे गरेकी उहाँले ६ सन्तान जन्माएको र तीन मात्रै जीवित रहेको छ ।
पहिलो सन्तान छोरी जन्मदा मरेको जन्मिएको र त्यसपछि गर्भवती हुँदा गर्भ परीक्षण गर्दा छोरी देखिएपछि दुई छोरी श्रीमनको दबाबमा गर्भपतनसमेत गरेको उनले बताईन ।
अहिले उनी आर्थिक अवस्था कमजोर रहेको बच्चाको उपचारको राम्रो अस्पताल जान नसकेको बताईन । छोरा नजन्माएको भन्दै आफूलाई घरबाट लखेट्ने श्रीमान भने कहाँ छन भन्ने पत्तोसम्म नभएको झनमायाले बताईन ।
Categorized in समाज