४ भाद्र २०८३, बिहिबार
Header

भृकुटीमण्डपमा इलेक्ट्रो टेक – २०१८ सुरु


प्रकाशित: शुक्रवार, ६ पुष २०७५, २१ः०५ बजे
- महानगरखबर

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले शुक्रवार काठमाडौंको भृकुटीमण्डमा एक कार्यक्रमविच विद्युतीय उपकरणको प्रदर्शनी मेला ईलोक्ट्रो टेक – २०१८ को उद्घाटन गरेको छ । 


मन्त्री पुनले विद्युतिय सामग्रीहरुको प्रदर्शनीले आम सर्वसाधरणमा स्वदेशी उत्पादनको महत्वबारे प्रष्ट पार्ने बताए । स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकतामा सरकारले राख्ने मन्त्री पुनले जानकारी दिएका थिए । 


नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले आर्थिक समृद्धिका लागि ऊर्जा, पर्यटन र कृषिमा राज्यको लगानी बढाउनुपर्ने बताए ।


त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति आवश्यक रहेको बताए । 


मेलामा स्वदेशी तथा विदेशी गरि ७५ भन्दाबढी स्टल छन् ।  यही पुस १० गतेसम्म चल्ने मेलामा एक लाख भन्दा बढी व्यक्तिले अवलोकन गर्ने आयोजकको अनुमान छ ।


नेपालमा ९५ प्रतिशत विद्युतीय सामाग्रीहरु आयत हुने गर्दछ । वर्षेनी ९० अर्ब रुपैयाँभन्दा बढीको विद्युतीय सामग्रीको आयात हुने गरेको छ । नेपालमा स्वदेशी सामान जम्मा ५ प्रतिशतमा खपत हुने गरेको छ ।  

asteriskhubs
Home Page Bottom Second


maharjan complex