४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

दाङ दुर्घट्ना अपडेडः मृत्यु हुनेको संख्या १६ पुग्यो


प्रकाशित: शुक्रवार, ६ पुष २०७५, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । शैक्षिक भ्रमणबाट फर्किदै गरेको एक बसको दाङको तुलसीपुर महानगरपालिका– ३ स्थित शुक्रवार बेलुका दुर्घट्ना हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको प्रहरीले जनाएको छ । 


बा४ख ९७६६ नम्बरको बस दुर्घटना हुँदा ३  महिला र ९ पुरूषसहित  १३ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । 


प्रहरीका अनुसार सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण गरेर फर्कंदै गरेको विद्यार्थी र शिक्षक चढेको बस दुर्घटनामा परेको हो । 


बसमा सहिद कृष्णसेन प्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थीसहित ३१ जना चढेका थिए ।


दुर्घट्नमा परि धेरै हताहती भएको हुनसक्ने प्रहरीको अनुमान छ । बसमा ९ जना महिला र २२ जना पुरूष रहेको बुझिएको छ । 


प्रहरीले घट्ना अनुसन्धान भईरहेकोले पुर्ण विवरण आउन बाँकी रहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex