१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सुत्केरीको मृत्युभएपछि लहानमा प्रदर्शन


प्रकाशित: शुक्रवार, ६ पुष २०७५, ११ः२० बजे
- महानगरखबर

काठमाडौं । सिरहाका लाहान बजारमा एक सुत्केरी महिलाको चिकित्सकको लापरवाहीको कारण मृत्यु भएको भन्दै शुक्रवार विहानदैखि आफन्तजन तथा स्थानीयवासी प्रदर्शनमा उत्रेका छन । 


मृतकका आफन्त तथा स्थानीयवासीले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि बिहानैदेखि प्रदर्शन गरिरहेका छन । 


हेल्थ केयर प्रालिका चकित्सकको लापरवाही कारण मिर्चैया नगरपालिका–११ निवासी २१ वर्षीया सञ्जु पासवानको मृत्यु भएको मृतकका परिवारजनले आरोप लगाएका छन । 


उनीहरु चिकित्सकमाथि कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन । 


बुधबार साँझ लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भर्ना गरिएकी सञ्जुलाई त्यहाँबाट चिकित्सकले विराटनगर वा धरान लैजान सल्लाह दिएको थियो तर एम्बुलेन्स चालकले ओम गुरुकुल हेल्थ केयर प्रालिमा लैजान भनेपछि उनलाई त्यहाँ भर्ना गरिएको थियो । 


सञ्जुको सल्यक्रिया गरेर बच्चा निकालेको केहीबेरपछि सञ्जुको स्वास्थ्य बिग्रिन पुग्यो र चिकित्सकले रगत चढाउन शुरु गरे पनि झनै खराब भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पु¥याउन लाग्दा बाटेमै उनको मृत्यु भएको आफन्तले बताए । 


अहिले प्रहरीले प्रदर्शनस्थलमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको र त्यहाँका सञ्चालकका साथै सम्पूर्ण कर्मचारी सम्पर्कविहीन भएको लहान इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex