४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बीसीजी खोप लगाउँदा १ महिने शिशुको मृत्यु


प्रकाशित: शुक्रवार, ६ पुष २०७५, ०८ः३० बजे
- महानगरखबर

काठमाडौं । सुनसरीमा बीसीजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु भएको छ । 


जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्ज टोलमा विहिवार सो खोपको कारण स्थानीय शिवु खत्वेको एक महीने छोरा शिवमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले बताएका छन् ।


शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्यचौकी भोक्रहाबाट खटिएकी अनमी गोमा ढकालले बीसीजी खोप लगाएको केही समयपछि बेहेस भएका शिशुको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 


शिशुको मृत्यु भएपछि पीडित परिवारसहित आक्रोशित स्थानीयवासीको भीडले स्वास्थ्यचौकीमा नाराजुलुस गर्नाका साथै स्वास्थ्यकर्मीमाथि हातपातको प्रयास गरेका थिए ।


प्रहरीले खोप लगाउने स्वास्थ्य स्वयंसेविका ढकाललाई नियन्त्रणमा लिइ अनुसन्धान अगाडी बढाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex