काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा एक १५ बार्षिय बालिकामाथि सामुहिक बलात्कार भएको प्रहरीमा उजुरी परेपछि बलात्कारको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–६, स्थित बुधबार सामुहिक बलात्कार भएको महानगरीय प्रहरी बृत, थानकोटले जनाएको छ ।
बलिकाको परिवारजनले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा कैलालीको अत्तरिया–६ घर भएका ३३ वर्षीय डब्बलबहादुर बोहोरासहित ५ जनालाई पक्राउ गरेको छ ।
वालिकाको स्वास्थ्य परिक्षणको लागि पठाएको प्रहरीले बताएको छ ।
Categorized in समाज