काठमाडौं । नेपाल–चीनको व्यापारिक नाका तातोपानी भन्सार आगामी बैशाख १८ गतेबाट सञ्चालनमा आउने भएको छ ।
विसं २०७२ को विनाशकारी भूकम्पपछि तातोपानी नाका बन्द भएको थियो ।
आगामी वैशाखबाट नाका सञ्चालन हुन लागेको चिनियाँ अधिकारीहरुले जनाएको छ । नाका सञ्चालनका लागि वैशाखको पहिलो सातासम्म भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।
काठमाडौँबाट १११ किलोमिटर उत्तरपश्चिममा अवस्थित तातोपानीका बासिन्दा नाका बन्द भएपछि समस्या छन ।
चीनले विशेष महत्वका साथ नाका सञ्चालनका लागि काम गर्न थालेपछि नेपालतर्फको सडक मर्मतका लागि सडक विभागलाई सरकारले तताएको हो ।
Categorized in बजार