४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

‘मंकाः खलः भनेकै पद्मरत्न’


प्रकाशित: २०७५ पुष ३ मंगलबार
- करुण

नेपालभाषा मंकाः खलःलाई पुनः सक्रिय बनाउनुपर्नेमा नेपालभाषा क्षेत्रका अभियन्ताहरुले माग गरेका छन् । मानवअधिकारवादी नेता साथमा नेपालभाषा मंकाः खलःका अध्यक्ष समेत रहेका स्वर्गीय पद्मरत्न तुलाधरको ४५ दिनको पुण्य तिथिको अवसरमा आयोजित श्रद्धान्जली सभाका वक्ताहरुले मंकाः खलः भनेकै पद्मरत्न भएको भन्दै मंकाः खलःलाई पुनः सक्रिय बनाउनुपर्नेमा जोड दिए ।


मंकाः खलःका महासचिव नरेशवीर शाक्यले मंकाः खलःको नाममा रहेको जग्गामा पद्मरत्न स्मृति भवन बनाउने योजना सार्वजनिक गर्नुभयो । उक्त भवनलाई नेपालभाषा र नेवार समाज सम्बन्धी अध्ययन केन्द्र बनाइने पनि शाक्यको भनाई थियो । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पद्मरत्न स्मृति भवनको लागी आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


त्यसैगरी संस्कृतिविद् डा. चुन्दा बज्राचार्यले मंकाः खलः र पद्मरत्न एक अर्कामा पर्यायवाची भएको भन्दै मंकाः खलःलाई पुनः सक्रिय बनाउनुपर्नेमा बज्राचार्यले जोड दिनुभयो ।


स्वर्गीय तुलाधरकी सुपुत्री सुम्निमा तुलाधरले समाजमा समानता र समावेशीतालाई व्यवहारमा लागू गराउनुको साथै मानवअधिकार सुनिश्चित गर्न सकेमा आफ्ना बुवाप्रति सच्चा श्रद्धान्जली हुने विचार राख्नुभयो ।


गत कार्तिक १८ गते कार्डियाक प्युलमोनरी एटेकका कारण तुलाधरको निधन भएको थियो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex