काठमाडौं । नुवाकोट र रसुवाको सिमाना मैलुङ शान्तिबजारमा बुधवार दिउँसो प्रहरी र स्थानीयवासी विच झडप भएको छ ।
नुवाकोटको किस्पाङ गाउँपालिका–५ शान्तिबजारमा रहेको जलविद्युत आयोेजनाको निर्माण सामग्री चोर्दै गरेको अवस्थामा चार जना पक्राउ परेकोमा सुवाको उत्तरगया गाउँंपालिका वडा नं २ का १९ वर्षीय मैते तामाङ प्रहरीको घेरा तोडेर त्रिशूली नदीमा हाम फालेर भागेपछि नुवाकोट प्रहरीले समन्वयात्मक रुपमा कार्य गर्न नसकेको जनाउँंदै स्थानीयले विरोध गरेपछि स्थिती तनावग्रस्त बनेको थियो ।
स्थानीयवासी आक्रमण र तोडफोडमा उत्रिएपछि प्रहरीले सात राउण्ड हवाइफायर गर्नुपरेको प्रहरीले जनाएको छ ।
स्थानीयवासी र प्रहरीबीच दोहोरो झडप हुँदा मैलुङ चौकीमा स्थानीयवासीले तोडफोड गरेको प्रहरीले जनाएको छ । झडपमा प्रहरीका हवल्दार चन्द्रिका भगत र अर्का एक जवान घाइते भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।
Categorized in समाज