काठमाडौं । ललितपुरको बालकुमारी झोलुङ्गे पुलनजिक टयाक्सी चढेका दुई युवाले चालकलाई कुटपिट गरी नगद र मोवाईल लुटपाट गरेका छन् ।
कुटपिटबाट चालक ४२ बर्षिय डम्बर खड्का घाईते भएका छन । उनको देव्रे आँखामा चोटपटक लागेको छ । हाल उनको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको महानगरीय प्रहरी परिसरले सञ्चारमाध्यमलाई जानकारी दिएको छ ।
ललितपुरको पुल्चोकबाट शंखमुल जाने भनेर चढेका दुई व्यक्तिले चालक खड्का माथि आक्रमण गरेका थिए ।
प्रहरीका अनुसारबा १ ज ६१५७ नम्बरका ट्याक्सी चालक खड्का चालकको साथमा रहेको ६ हजार रुपैयाँ र मोबाइल उनीहरुले लगेका छन ।
घटनामा संलग्नहरुको खोजविन भईरहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज