४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

चार सय महिललाई आत्मरक्षाको तालिम प्रदान


प्रकाशित: मंगलवार, ३ पुष २०७५, १९ः४० बजे
- महानगरखबर

काठमाडौं । नेपाल सेल्फ डिफेन्स एशोसिएशनले चार सय महिलालाई आत्मरक्षाको तालिम प्रदान गरेको छ । 


एशोसिएशनले राष्ट्रिय खेलकूद परिषद्को समन्वयमा सो तालिम प्रदान गरिएको हो । 


पछिल्लो समय सार्वजनिक सवारी साधन, कार्यालय, सार्वजनिकस्थल लगायतमा महिला हिंसा घटना बढ्न थालेपछि हिंसा रोक्न र आत्मरक्षा गर्न सक्ने बनाउन भक्तपुरका महिला कर्मचारी, नर्सलगायतलाई आत्मरक्षासम्बन्धी दुईदिने तालीम मंगलवार समापन भएको हो । 


एशोसिएशनका प्रशिक्षकहरु पद्मा खयर गोलीले महिलामाथि हुनसक्ने हिंसा रोक्न र आफ्नो रक्षा आफैँ गर्नसक्ने बनाउन आत्मरक्षासम्बन्धी सैद्धान्तिक एवं प्रयोगात्मक तालीम प्रदान गरेको बताए । 


भक्तपुरको सिद्धि स्मृति प्रतिष्ठानमा भएको तालीममा एशोसिएशनका प्रमुख प्रशिक्षक सञ्जु महर्जन, प्रशिक्षक पद्मा खयर गोली, राधिका ऐर हमाल, रोजिना लोहला र रवीन्द्र श्रेष्ठले तालीममा सहभागी करीब ४०० महिलालाई आत्मरक्षा तालीम प्रदान गरिएको छ ।


काठमाडौँ, ललितपुर, काभ्रे, बाँके, कैलाली, कञ्चनपुरलगायत क्षेत्रका महिलालाई आत्मरक्षाको तालीम सञ्चालन गरेको र आगामी माघ १० गतेदेखि १२ जिल्लाका महिलालाई यस किसिमको तालीम दिइने जानकारी दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex