काठमाडौं । तस्करको एक समुहले पर्सामा नेपाल प्रहरीमथि आक्रमण गरेर हतियार लुटेका छन भने आक्रमण परि ३ प्रहरी घाईते समेत भएका छन् ।
पर्साको जगन्नाथपुर गाउँपालिका–१, पाँडेपुरमा तस्करले मंगलवार विहान प्रहरीमाथि आक्रमण गरेका थिए ।
गस्तीमा रहेको प्रहरी टोलीमाथि आक्रमण हुँदा आक्रमणमा परि असई विष्णुदेव यादव, प्रहरी हवल्दार प्रेमबहादुर राना र अर्जुन चौधरी घाइते भएका छन । अहिले उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हतियार आक्रमणस्थल भन्दा केही पर भेटिएको जनाएको छ ।
तस्करले भारततर्फ लग्दै गरेको डिजेलसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमण भएको प्रहरीको भनाई छ ।
बाइकमा डिजेल ल्याउँदै तस्करलाई नियन्त्रणमा लिएपनि पछि तस्करहले आफ्नो समूह बोलाएर प्रहरीमाथि नै आक्रमण गरेर डिजेल र हतियार लगेको प्रहरीले बताएको छ ।
तस्करहरु आक्रमणपछि भारततर्फ भागेका छन । प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।
Categorized in समाज