२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

विभिन्न पसल तथा उद्योगमा कार्यरत १४ वालश्रमिकको उद्धार


प्रकाशित: सोमबार, २ पुष २०७५, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । विभन्न पसल तथा उद्योगमा कार्यरत १४ बालश्रमिकको दाङको घोराही उपमहानगरपालिका र युनिसफको सहयोगमा हिमालयन शान्ति तथा विकास अभियान हिप्डेक नेपालले उद्धार गरेको छ । 


उद्धार गरिएको बालबालिकालाई नगरप्रमुख नरुलाल चौधरीले आवश्यक शैक्षिक सामग्रीहरुसहित सोमबार परिवारको जिम्मा लगाउनुका सार्थ परिवारलाई परिवारलाई आयआर्जनका लागि प्रतिव्यक्ति रु १५ हजार व्यवसायी खर्चसमेत दिइएको छ । 


उद्धार तथा पुर्नस्थापना गरिएका बालबालिकामा घोराही–१४ का सन्दीप परियार, विकास विक, सागर बुढाथोकी, चन्दा विश्वकर्मा, विजय विक, वडा नं १५ का धनबहादुर डाँगी, कमल सार्की, वडा नं ३ का आशीर्वाद चौधरी, वडा नंं १३ का मिलन परियार, प्रेम विक र वडा नं ७ का तुलसा विक रहेका छन । 


त्यसैगरी, तुलसीपुर–१८ का सुरेश नेपाली, बङ्गलाचुली–४ का धनबहादुर घर्ती र केशव नेपालीलाई पनि कामबाट उद्धार गरेर परिवारमा पुनस्र्थापना गरिएको छ । 


ग्रिल उद्योग, गाडी धुलाई सेन्टर, होटल, फर्निचर उद्योग र जुत्ता सिलाउने पसलबाट उनीहरुलाई उद्धार गरेर परिवारमा पुनस्र्थापना गरिएको हिप्डेकका अध्यक्ष विकीरण गौतमले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika