१२ भाद्र २०८३, शुक्रबार
Header

मेलम्ची खानेपानी फेरि अनिश्चित, ईटाली भाग्न खोज्ने ८ कर्मचारी पक्राउ


प्रकाशित: सोमबार, २ पुष २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । मेलम्ची खानेपानी फेरि अनिश्चित भएको छ । 


मेलम्ची खानेपानी आयोजना निर्माणम ठेक्का लिएका ईटालिएन कम्पनी सिएमसीका ८ जना ईटलियन कर्मचारी आईतबार राती काठमाडौंबाट पक्राउ परेपछि मेलम्ची खानेपानी आयोजना फेरि अनिश्चित बनेको छ । 


इटालियन कम्पनी सिएमसी टाट पल्टिन लागेपछि मेलम्ची आयोजना निर्माणका प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहित ८ जनालाई प्रहरीको सयहोगमा खानेपानी मन्त्रालयलाई जिम्मा लगाएको छ । 


महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी बृत्त दरबारमार्ग संयुक्त टोलीले उनीहरु ठमेलको रोयल पेईगुंन होटलबाट पक्राउ गरेको हो । 


प्रहरी अनुसार कतार एयरमार्फत साढे ११ बजेको टिकट गरी उनीहरू सरकारलाई जानकारी नदिकन भाग्न खोजेका थिए । 


सिएमसी इटालीको प्रसिद्ध निर्माण कम्पनी हो । सय वर्षभन्दा अगाडि स्थापित यो कम्पनीले मुख्यतः यातायात, खानेपानी तथा सिँचाई, बन्दरगाह, रेल्वेजस्ता भौतिक पूर्वाधार र परियोजनाहरूमा काम गर्दै आएको छ ।


गत बर्षदेखि कम्पनीमा कम्पनीमा आर्थिक समस्या देखिएको प्रहरीको सोधपुछको क्रममा प्रोजेक्ट मेनेजर ग्रेचोले बताए । 


एक महिनाअघिनै इटालियन सञ्चार माध्यमहरूले ३० दिनभित्र आफ्नो नगद प्रवाहको समस्या सुल्झाउन नसके कम्पनी टाँट पल्टिनसक्ने जनाएका थिए । 


मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्चीको सुरूङ ढलान एक किलोमिटर बाँकी छ । कंक्रिट लाइनिङको काम ९६० मिटर बाँकी छ । इन्टेकको काम पनि पूरा भएको छैन ।  हाइड्रो मेकानिकल गेट बन्द गर्ने काम भइसकेको छैन । 
मेलम्ची खानेपानी आयोजना सन् २००१ बाटै सुरू भएको हो ।  


सन् २०१३ मा चिनियाँ कम्पनीले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको थियो तर चिनियाँ कम्पनीले समयमा काम गर्न नसकेको भन्दै सरकारले इटालियन कम्पनी सिएमसीलाई जिम्मा लगाएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex