काठमाडौँ । उपत्यकाका यात्रुवसमा यात्रुको पाकेटमारी नगद तथा गरगहना लुट्ने ७ जनालई महानगरीय प्रहरी बृत महाराजगञ्जले पक्राउ गरेको छ ।
वृत्तबाट खटिएका सादा पोशाकका प्रहरी टोलीले काभ्रेका विकास श्रेष्ठ, साइला तामाङ, विवेक तामाङ, धादिङका कुमार मिजार, मकवानपुरका अञ्जन पाख्रिन, सिन्धुपाल्चोकका पूर्णबहादुर विक र सिन्धुपाल्चोककै सुकमान गदललाई पक्राउ गरेको हो ।
उनीहरुले विगत ५ महिनादेखि चक्रपथस्थित बसुन्धरा खण्डमा चल्ने सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरुबाट चोरी तथा लुटपाट गर्दै आएका थिए ।
वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले उनीहरुलाई आइतबार पक्राउ गरिएको जानकारी दिएको छ । प्रहरीले उनीहरुको साथबाट रु ७० हजार ५०० नेपाली र भारु रु पाँच हजार ५००, विभिन्न देशका नोट ३० थान, विभिन्न कम्पनीका मोबाइल सात थान र गाँजा २०० ग्राम बरामद गरेको छ ।
पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।
Categorized in समाज