काठमाडौँ । नेपाल भाषाको लोक सहित्यका क्षेत्रमा योगदान पुराएवापत वरिष्ठ सहित्यकार मदनसेन बज्राचार्यलाई करुणकार सिरपा (पुरस्कार) प्रदान गरिएको छ ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले लोक साहित्य परिषदद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।
सो पुरस्कारको राशि रु ५० हजार रहेको छ । लोक साहित्यविद् करुणाकर वैद्यको नामबाट स्थापित करुणाकर सिरपा ग्रहण गरेका बज्राचार्यले नेपाल भाषाको लोक साहित्य क्षेत्रमा साहित्यकारको जीवनी लेखनमा विशेष योगदान गर्दै आएको छ ।
परिषद्का संरक्षकसमेत रहनुभएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाल भाषामा लोक साहित्य लेखनमा स्व करुणाकर वैद्यको योगदान विशिष्ट रहेको बताए ।
परिषदका अध्यक्ष प्रेमशान्ति तुलाधरको सभापतित्वमा भएको सो कार्यक्रममा साहित्यकार पन्नाप्रसाद जोशीको नेपाल भाषा शब्दकोशको दोस्रो संस्करण समेत विमोचन गरियो ।
Categorized in सम्पदा/संस्कृति