३ भाद्र २०८३, बुधबार
Header

सूर्यविनायक नगरपालिकाद्धारा अतिक्रमित संरचना भत्काउन सुरु


प्रकाशित: आईतबार, १ पुष २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिको सडक अतिक्रमण गरेको बनाएको संरचना भत्काउन सुरु गरेको छ । 


आईतबार सिर्जनानगर चोकबाट नगरपालिका जाने सडकको दायाँबायाँ रहेका सडक अतिक्रमण गरी बनाएका घरका पर्खाल एवं टहरा हटाउन शुरु गरेको हो । 


नगरपालिकाका प्रमुख वासुदेव थापा, वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशी तथा सदस्य दीपक बिसुङ्खेलगायतको टोलीले संरचना भत्काउन थालेको हो । 


स्थानीय पूर्वाधार लागत साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सांसद महेश बस्नेतको सांसद् कोषको रु २० लाख र नगरपालिकाको रु ३० लाख गरी कूल रु ५० लाखको लागतमा सडक विस्तार कार्य शुरु भएको नगरप्रमुख थापाले बताए । 


सडकलाई आठ मिटरको चौडा बनाउने र त्यसमा ढल, खानेपानीको पाइप, फुटपाथ र कालोपत्र गर्ने गरी विस्तारकार्य शुरु गरिएको र आगामी दुई महीनाभित्र सबै निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य लिएको नगरप्रमुख थापाले जानकारी दिए । 


वडाअध्यक्ष जोशीले यस अघि अतिक्रमित संरचना भत्काउन पटक – पटक आग्रह गरेपनि नमानेपछि मापदण्डभित्र परेको पर्खाल, पेटी र टहरा भने भत्काउने योजना अनुरूप डोजर लगाउन थालिएको बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex