३ भाद्र २०८३, बुधबार
Header

नुवाकोटमा मिनिट्रक दुर्घट्ना, १६ जनाको मृत्यु


प्रकाशित: शुक्रवार, २८ मंसिर २०७५, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । नुवाकोटमा शुक्रवार दिउँसो एक मिनिट्रक दुर्घट्ना हुँदा १६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 


प्रहरीको अनुसार दुर्घट्नामा परि मृत्यु हुनेहरु संख्या बढ्न सक्ने बताएको छ । 


नुवाकोटको चुप्चेश्वर गाउँपालिका सो मिनिट्रक दुर्घट्ना भएको हो । तामाङ समुदायको साँस्कृतिक पर्व मनाएर शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटनामा परेको हो । 


जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी ५ जनालाई उद्दार गरी उपचारको लागि स्वास्थ्य केन्द्रमा पठाएको छ । हाल  उद्दार कार्य जारी रहेको बाताईएको छ । 


सो मिनिट्रकमा के कति संख्यमा यात्रुरहेको खुल्न नसकेको प्रहरीले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex