४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सप्तरीमा आगलागीबाट १३ घर जलेर नष्ट, ४० लाख बराबरको धनमाल क्षति


प्रकाशित: शुक्रवार, २८ मंसिर २०७५, १९ः१० बजे
- महानगरखबर

काठमाडौं । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित बभनगा, कट्टी टोलमा शुक्रवार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएको छ । 


गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहका अनुसार आगलागीबाट एक एक बाछी र बोका, रु एक लाख, भाँडाबर्तन, चामललगायत जलेर नष्ट हुँदा करीब रु ४० लाख मूल्य बराबरको क्षति भएको छ । 


स्थानीय बिन्देश्वर साफीको घरबाट सल्केको आगोले आनन्द साफी, मन्नु साफी, प्रयाग साफी, प्रसाद साफीलगायतको घर जलेको स्थानीयवासीले बताएका छन् । 


राजविराज र हनुमाननगर कङ्कालिनी नगरपालिकाको वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको सप्तरी प्रहरीले जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex