४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

विराटनगरमा घरयासी विवादमा बाबु–दाजुमथि छुरा प्रहार, बाबुको मृत्यु


प्रकाशित: शुक्रवार, २८ मंसिर २०७५, १३ः२० बजे
- महानगरखबर

काठमाडौं । विराटनगर महानगरपालिका वडा नं. १७ स्थित धुनिया बस्तीमा गए राती छोराले बाबु तथा दाजुमाथि छुरा प्रहार गरेको छ । 


विराटनगर– १७ का २२ बर्षका चुनु मण्डलले गरेको छुरा प्रहारबाट बुबा शशी मण्डलको मृत्यु भएको भने दाजु आकाश घाइते भएका छन ।


बिहीबार राति छुरा प्रहारबाट घाइते भएका शशीलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भईरहेको छ । 


प्रहरीका अनुसार उपचारका क्रममा राति १० बजे शशीको मृत्यु भएको हो ।


बिहीबार शशी मण्डल, जेठी श्रीमतीको आकाश मिया मण्डल र शशी मण्डलको कान्छी श्रीमतीका छोरा चुनु मण्डलबीच घरायसी विषयमा विवाद भएको थियो ।


विवादकै क्रममा मादक पदार्थ सेवन गरेका चुनुले छुरा प्रहार गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 


छुरा प्रहार गरी फरार भएका मण्डललाई प्रहरीले नेपाल भारतको सीमा क्षेत्रबाट शुक्रबार बिहान नियन्त्रणमा लिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex