४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरले २४ औं महानगर दिवश भव्य रुपमा मनाउँदै


प्रकाशित: शुक्रवार, २८ मंसिर २०७५, १०ः२० बजे
- बुद्धशरण शाही

काठमाडौं । एक सय बर्ष अगाडी सफाई अड्डा बाट स्थापित काठमाडौँ महा नगरपालिकाले मंङ्सिर २९ गते २४ औ महानगर दिवस मनाउने भएको छ ।


बि स २०५२ मंङ्सिर २९ गते देशकै पहिलो महानगर घोषणा गरिएको स्मरणमा प्रतेयेक बर्ष मंङ्सिर २९ का दिन विभिन्न कार्येक्रम गरि मनाउदै आएको छ ।


बिहिबार महानगरले पत्रकार सम्मेलन गरि दिवसको बारेमा जानकारी दिएका थिए । निर्वाचित जनप्रतिनिधिको रुपमा चुनिए पछि पहिलो पटक महानगरले दिवस खुल्ला रुपले मनाउने तैयारी भएको भएको महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्यले बताए ।

महानगरले यस बर्षको दिवस काठमाडौँ दरवार क्षेत्र नजिकै बसन्तपुरमा खुल्ला कार्यक्रम बीच प्रमुख अतिथि सम्मानीय प्रधान मन्त्री केपी ओलीबाट दिवसको समुद्घाटन हुने भएको छ । 


महानगर दिवसको अवसरमा परम्परागत बाजा गुरुको सम्मान , प्रथम मेयर जनकमान श्रेष्ठ लाइ सम्मान ,उत्कृष्ट विद्यालय सम्मान , महानगरीय सुशासन पत्रकारिता पुरस्कार ,उत्कृष्ट करदाता सम्मान र कर्मचारी दिर्घ सेवा पदक प्रदान गर्ने कार्येक्रम रहेको छ । 


दिवसकै उपलक्ष्यमा महानगरले सम्पूर्ण सांस्कृतिक , धार्मिक , सामाजिक वैभव उजागर गरि विश्वका सामु महानगरको मौलिक पहिचान प्रदशन गरि देशको पर्येतन उद्योगलाइ समेत टेवा दिने उदेश्यले सांस्कृतिक कार्येक्रमका साथै भित्रि सहरका रुपमा परिचित विभिन्न टोलमा परम्परागत खानको परिकार स्टल प्रदशन रहने महानगर महोत्सव आयोजना हुने महानगरले बताएको छ । 


महोत्सव पुस १ र २ गते बसन्तपुस्थित जुद्दा बारुण येन्त्र अगाडी सांस्कृतिक कार्येक्रम हुने भएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex