१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सप्तरीमा १०८ कार्टुन अबैध मदिरा बरामद


प्रकाशित: शुक्रवार, २८ मंसिर २०७५, ०९ः५० बजे
- महानगरखबर

काठमाडौं । अबैध रुपमा नेपालबाट भारततर्फ लैजाँदे गरेको १०८ कार्टुन मदिरा प्रहरीले सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १४ बाट बिहीबार बरामद गरेको छ । 


दिलवाले नामको १०८ कार्टुन मदिरा ११ वटा साइकलमा राखी लैजाँदै गरेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए । 


रामपुर मल्हनिया प्रहरी चौकी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले उक्त मदिरा बरामद गरेको थियो । गस्ती टोलीलाई देख्नासाथ साइकल र मदिरा छाडेर मदिरा ओसार्ने व्यक्ति फरार भएका र बरामद मदिरा र साइकललाई भन्सार कार्यालय सप्तरीमा बुझाएको जनाइएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex