काठमाडौं । ललितपुर महानगरपालिकामा कति कर्मचारी आवश्यक रहेको भन्ने यकिन हुन नसक्दा सेवाग्राही समस्यामा परेको महानगरका प्रवक्ता राजु महर्जनले बताएका छन ।
प्रवक्ता महर्जनका अनुसार अहिले महानगरपालिका उपमहानगरपालिकाका कर्मचारी र जिल्लाका विषयगत कार्यालयबाट आएका कर्मचारी कार्यरत छन ।
महानगरपालिकामा विषयगत कार्यालयका कर्मचारी आए पनि ती भवन र भौतिक सम्पत्तिको स्वामित्व भने अझै आएको छैन । उपमहानगरपालिका हुँदाको भवन अहिले अपर्याप्त हुँदा सेवाग्राही र कर्मचारी दुवै हैरान छन ।
कर्मचारीले काम गर्न कोठा, टेबुल कुर्सी नै पाएका छैनन भने यसको असर सेवाग्रहीलाई पनि परेको छ ।
Categorized in समाज